दार्चुलामा प्रहरी हबलदार मृत फेला, दुई जना पक्राउ
खलङ्गा : दार्चुलामा नेपाल प्रहरीका एक हबलदार मृत फेला परेका छन्। महाकाली नगरपालिका-४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन्।
घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।
हबलदार घर्ती बाङ्गाबगडको एक होटल पछाडि मृत भेटिएका थिए। उनको टाउको र निधारमा गहिरो घाउ रहेको छ। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौरव महतले घटनामा संलग्न रहेका अन्य केही व्यक्तिको समेत खोजतलास भइरहेको जानकारी दिए।
माघ २७, २०८२ मंगलबार १४:२२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।