काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस दुर्घटना, चार जनाको मृत्यु
रामेछाप : काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका-६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो। रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ।
उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
माघ २७, २०८२ मंगलबार १२:४२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।