बेसीशहरमा कजारियाको नयाँ शोरूम उद्घाटन
लमजुङ : कजारिया टाइल्सले लमजुङको बेसीसहरमा आफ्नो नयाँ 'एक्सक्लुसिभ' शोरूम सञ्चालनमा ल्याएको छ।
न्यु आलम मार्बल एण्ड टाइल्सद्वारा सञ्चालित उक्त शोरूमको आइतबार कजारियाका कन्ट्री म्यानेजर अभ्याश तिवारीले उद्घाटन गरे।
नेपालमै उद्योग स्थापना गरी उत्पादन सुरु गरेको कजारियाले लमजुङ र आसपासका ग्राहकलाई विश्वस्तरीय टाइल उपलब्ध गराउने उद्देश्यले यो शाखा विस्तार गरेको हो।
३ हजारभन्दा बढी डिजाइनका विकल्प रहेको यस शोरूममा आधुनिक र टिकाउ टाइलहरू उपलब्ध छन्। कजारियाको हाल देशभर १०० भन्दा बढी शोरूमहरूको सञ्जाल रहेको छ।
माघ २७, २०८२ मंगलबार १०:१२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।