जस्मिन पेन्ट्सद्वारा विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण
काठमाडौं : जस्मिन पेन्ट्सको ‘चाडपर्वको उमङ्ग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ उपभोक्ता योजनाकी विजेता देवी बुढालाई जापान भ्रमणको हवाई टिकट हस्तान्तरण गरिएको छ।
माघ २४ गते बाँकेको कोहलपुरस्थित एसके ट्रेडर्स एण्ड सप्लायर्समा आयोजित एक कार्यक्रमका बीच विजेता बुढालाई टिकट प्रदान गरिएको हो। कम्पनीका ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा गरिएको ‘लक्की ड्र’ मार्फत कोहलपुर-कौशिलानगरकी बुढा विजेता छानिएकी थिइन्।
कम्पनीका निर्देशक सौगात अर्याल र कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले बुढालाई आधिकारिक रूपमा टिकट हस्तान्तरण गरे। विगत ३२ वर्षदेखि रङ्ग उत्पादनमा सक्रिय जस्मिन पेन्ट्सले ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले यो योजना ल्याएको थियो। सो अवसरमा कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय उत्पादनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
माघ २६, २०८२ सोमबार १८:२६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।