पर्यटन विधेयक राष्ट्रियसभाबाट पारित

पर्यटन विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ : राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ। राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेकाे ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा उनले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए।

यसैगरी बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गरेको छ। नेपाली कांग्रेसबाट २०५४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका संयोकको यही माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो। 

माघ २६, २०८२ सोमबार १६:५९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।