आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

काठमाडाैँ : नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज सोमबार ४ हजार १ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।

आइतबार सुन तोलाको ३ लाख ५ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी आज चाँदी पनि  तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार भने चाँदी तोलामा ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो ।

 

माघ २६, २०८२ सोमबार ११:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।