११ औँ 'नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी' सकियो

११ औँ 'नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी' सकियो

काठमाडौँ : नेपालको निर्माण क्षेत्रको विकास र आधुनिक प्रविधिलाई एउटै थलोमा प्रदर्शन गर्न आयोजित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ को ११ औँ संस्करण आइतबार सकिएको छ। काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा गत माघ २२ गतेदेखि सुरु भएको चार दिने मेलामा आइतबार सकियो। मेलामा करिब ६५ हजार अवलोकनकर्ता आएको आयोजकको दाबी छ।

प्रदर्शनीमा ३ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहेको र २ सय भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामग्रीहरू प्रदर्शन गरिएको आयोजकले बताएका छन्। प्रदर्शनीमा मोड्युलर किचन, फ्लोरिङ, वाल कभरिङ र फर्निचर,सिमेन्ट, स्टिल, आल्मुनियम, पाइप तथा प्लम्बिङ, र पीभीसी प्रोफाइल,लिफ्ट, एलिभेटर, एस्केलेटर, ब्याट्री र जेनेरेटर र कन्सट्रक्सन केमिकल र सिमेन्ट फिटिङ्स लगायतको सहभागिता रहेको थियो।

एक दशकदेखि मिडिया स्पेस सोलुसन प्रालि. र फ्युचर एक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा मेलाको आयोजना गर्ने गरेका छन्। 

माघ २५, २०८२ आइतबार २१:३७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।