देउवा कांग्रेसको कुनै चुनावी कार्यक्रममा सहभागी नहुने सचिवालयको दाबी

देउवा कांग्रेसको कुनै चुनावी कार्यक्रममा सहभागी नहुने सचिवालयको दाबी

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पार्टीको कुनै पनि चुनावी सभामा सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ। केही सञ्चारमाध्यममा देउवा पार्टीको चुनावी सभाहरूमा सहभागी हुने दाबीहरू सार्वजनिक भएपछि आइतबार सचिवालयले उनी कुनै पनि चुनावी कार्यक्रममा सहभागी नहुने सार्वजनिक गरेको छ।

पुस अन्तिम साता भएको पार्टीको विशेष महाधिवेशनले गगनकुमार थापाको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेपछि देउवा समूह कानुनी उपचारका लागि सर्वोच्च अदालतमा गएको छ। चुनावमा देउवा समूहका नेताहरूले समेत टिकट लिएर प्रतिस्पर्धामा सहभागी भएका छन्। तर निवर्तमान सभापति र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का चुनावमा सहभागी छैनन्। यी दुवै नेता पार्टीको कुनै कार्यक्रममा सहभागी छैनन्। दुवै मौन बसेका छन्।

सभापति गगन थापाले सञ्चारमाध्यममा निवर्तमान सभापति देउवासँग प्रत्यक्ष कुराकानी नभएको तर अप्रत्यक्ष रूपमा चुनाव सम्बन्धी जानकारी आदान-प्रदान भइरहेको दाबी गरेका थिए।

माघ २५, २०८२ आइतबार १८:१५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।