टी-२० विश्वकपमा दीपेन्द्रले लिए नेपालका लागि चौथो विकेट

टी-२० विश्वकपमा दीपेन्द्रले लिए नेपालका लागि चौथो विकेट

काठमाडौं : आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा दीपेन्द्र सिंह ऐरीले चौथो विकेट लिएका छन्। उनले इंग्ल्यान्डका ज्याकवको विकेट लिएका हुन्। नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए। उनी बलिङमा आएर फ्याकेको पहिलो बलमै इंग्ल्यान्डका खेलाडी टम ब्यान्टनलाई एलबिडब्लुको धरापमा पारेका हुन्।

खेलमा नन्दन यादवले नेपालका लागि दोस्रो विकेट लिएका थिए। उनले इंग्ल्यान्डका जस बट्लरको विकेट लिए। स्पिनर शेर मल्लले  पहिलो बलमै विकेट लिएका थिए। उनले आफ्नो डेब्यु खेलमा डेब्यु बलमै इंग्ल्यान्डका खेलाडी  फिल साल्टको  विकेट विकेट लिएका थिए। 

नेपाल विरुद्ध ब्याटिङ गरिरहेको इंग्ल्यान्डले १४ ओभरमा १२८ रन बनाएको छ। नेपालले चार विकेट लिइसकेको छ।

 

माघ २५, २०८२ आइतबार १६:२५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।