टी-२० विश्वकपमा नन्दनले लिए नेपालका लागि दोस्रो विकेट
काठमाडौं : आइसिसी टी-२० विश्वकप क्रिकेटमा नन्दन यादवले नेपालका लागि दोस्रो विकेट लिए। उनले इंग्ल्यान्डका जस बट्लरको विकेट लिएका हुन्। स्पिनर शेर मल्लले पहिलो बलमै विकेट लिएका छन्। उनले आफ्नो डेब्यु खेलमा डेब्यु बलमै इंग्ल्यान्डका खेलाडी फिल साल्टको विकेट विकेट लिएका थिए।
टी-२० विश्वकपका लागि नेपाली टिममा १५ मध्ये ५ खेलाडी पहिलो पटक टी-२० विश्वकप टिम समावेश भएका छन्। तीमध्ये शेरले डेब्यू गर्न बाँकी थियो। शेरसहित आरिफ शेख, लोकेश बम, नन्दन यादवले टी-२० विश्वकपमा डेब्यू गरेका छन्। टस जितेर इंग्ल्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अहिले इंग्याल्यान्डले पाँच ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ।
माघ २५, २०८२ आइतबार १५:४६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।