अफगानिस्तानविरूद्ध न्यूजिल्याण्ड ५ विकेटले विजयी
काठमाडौं : आइसिसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ।
अफगानिस्तान विरूद्धको खेलमा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको हो।
आइतबार चेन्नाइस्थित चिदम्बरम स्टेडियममा भएको खेलमा खेलमा १८३ रन पछ्याएको न्युजिल्यान्डले १७.५ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
अफगानिस्तानले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो।
अफगानिस्तानका लागि गुल्बदिन नइबले ६३ रन, सेडिकुल्लाह अटलले २९ रन, रहमानउल्लाह गुर्बाजले २७ रन, डारविस रसुलीले २० रन बनाएका थिए।
न्यूजिल्याण्डका लकी फर्गुसनले २ विकेट लिँदा म्याट हेनरी, जेकब डफी र रचिन रविन्द्रले एक एक विकेट लिएका थिए।
दुवैले समूह 'डी'मा पहिलाे खेल खेलेका हुन् ।
माघ २५, २०८२ आइतबार १५:४२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।