टी-२० विश्वकप : अफगानिस्तानले न्यूजिल्याण्डलाई दियो १८३ रनको लक्ष्य
काठमाडौं : आइसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को खेलमा अफगानिस्तानले न्यूजिल्याण्डसामु १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
चेन्नईको चेपक स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनायो।
अफगानिस्तानका लागि गुलबदिन नैबले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६३ रन जोडे। अन्य ब्याट्सम्यानहरूमा सेदाकुल्लाह अतलले २९, रहमुनल्लाह गुरबाजले २७ र दार्विस रासुलीले २० रनको योगदान दिए।
न्यूजिल्याण्डका तर्फबाट बलिङ गर्दै लाकी फोर्गुयसनले २ विकेट लिए। त्यस्तै म्याट हेनरी, रचिन रविन्द्र र ज्याकब डफीले समान १-१ विकेट हात पारे। खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन्।
माघ २५, २०८२ आइतबार १४:०५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।