तोलामा नौ हजार ५ सय बढ्याे सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँ कायम भएको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी तीन सय रूपैयाँ बढेर आइतबार पाँच हजार १० रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
माघ २५, २०८२ आइतबार ११:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।