धादिङमा बस दुर्घटना, पसलमा चिया पिइरहेका व्यक्तिको मृत्यु
धादिङ : धादिङकाे थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै भएकाे बस दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ।
काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश३-०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए ।
ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए।
प्रहरी निरीक्षक थापाले भने “मृतकको पहिचान भइसकेको छैन । दुर्घटनाका घाइतेहरूको सङ्ख्या एकिन भइसकेको छैन। अहिले उद्धारकार्य जारी छ। ”
माघ २५, २०८२ आइतबार ११:२५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।