बैतडीमा ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

बैतडीमा ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी :  बैतडीमा ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भिर घाइते भएका  दोगडाकेदार–५ का हाइसचालक मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए।

बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२-००१ज ०६२४ नम्बरको हाइस सिल्लेगडा-बडिया सडकखण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो।

सो सवारीसाधनमा चालकमात्र सवार रहेका थिए।

दुर्घटनाग्रस्त सो गाडी सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माघ २५, २०८२ आइतबार १०:०७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।