इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प
काठमाडौं : इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर शनिबार साँझ पाँच रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।
माघ २४, २०८२ शनिबार २०:३६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।