सामसङले ल्यायो होली लक्षित अफर, इएमआईदेखि नगद छुटसम्म

सामसङले ल्यायो होली लक्षित अफर, इएमआईदेखि नगद छुटसम्म

काठमाडौं : सामसङ नेपालले होलीको अवसरमा आफ्ना घरायसी उपकरणहरूमा विशेष सहुलियत योजना सार्वजनिक गरेको छ।

फेब्रुअरी १ देखि मार्च १४ सम्म लागू हुने अफरअन्तर्गत ग्राहकले वाशिङ मेसिन र रेफ्रिजिरेटरको खरिदमा नगद छुट, क्यासब्याक र एक्सचेन्ज बोनस प्राप्त गर्नेछन्।

अफर अन्तर्गत वाशिङ मेसिनतर्फ ए-आइ इकोबबल वासर ड्रायर, फ्रन्ट-लोड र सेमी-अटोमेटिक मोडलहरूमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ। सामसङले आफ्ना वाशिङ मेसिनका 'DIT' मोटरमा २० वर्षको वारेन्टी र ४०० भोल्टसम्मको भोल्टेज सुरक्षा प्रदान गरेको जनाएको छ।

त्यसैगरी, रेफ्रिजिरेटरतर्फ सिंगल डोर, डबल डोर र साइड-बाई-साइड मोडलहरूमा १७ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ। यी रेफ्रिजिरेटरहरूमा ३०० भोल्टसम्मको भोल्टेज फ्लक्चुएसनबाट सुरक्षा उपलब्ध छ। कम्पनीका अनुसार सबै मोडलका उपकरणहरूमा निःशुल्क जडानको सुविधा समेत दिइनेछ।

विद्युतीय उपकरण खरिदलाई सहज बनाउन सामसङले 'सामसङ इन्स्टाफाइनान्स' मार्फत शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा समेत ल्याएको छ। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित यो सुविधा प्राप्त गर्न ग्राहकले केवल आफ्नो नागरिकता पेस गर्नुपर्नेछ।

साथै, ग्राहकले 'आर्कोस्टोर' वा देशभरका आधिकारिक सामसङ रिटेल स्टोरहरू मार्फत पुराना उपकरण साटेर नयाँ उपकरणमा अपग्रेड गर्न सक्ने एक्सचेन्ज सुविधा समेत उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

माघ २४, २०८२ शनिबार १९:२०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।