फागुन २१ गते मौसम अनुकूल रहने पूर्वानुमान छ : गृहमन्त्री

फागुन २१ गते मौसम अनुकूल रहने पूर्वानुमान छ : गृहमन्त्री

नुवाकोट : गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचनको दिन फागुन २१ गते मौसम अनुकूल रहने पूर्वानुमान रहेको बताएका छन्। मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरूबाट मतदानको दिन मौसम अनुकूल रहने जानकारी प्राप्त भएको उनले बताए।

साथै निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको अर्यालको भनाई छ। निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

“वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ। मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध छ,” अर्यालले भने। देशभर निर्वाचनको वातावरण बनेको उनको दाबी छ। 

माघ २४, २०८२ शनिबार १६:५५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।