सिप्रदीले ल्यायो टियागो इभीमा भारी छुट अफर
काठमाडौं। टाटामोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले 'भ्यालेन्टाइन डे' को अवसरमा टियागो इभीमा विशेष छुटको घोषणा गरेको छ।
‘द परफेक्ट म्याच’ थिम अन्तर्गत सार्वजनिक गरिएको यस योजनामा ग्राहकले टियागो इभी २४ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। यसअघि यो मोडलको बजार मूल्य २७ लाख ४९ हजार रुपैयाँ तोकिएको थियो। कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ।
सहरी यात्राका लागि उपयुक्त र कम सञ्चालन खर्च भएको यो विद्युतीय कारमा दिइएको विशेष छुट आगामी फेब्रुअरी १४ सम्म मात्र कायम रहनेछ। इच्छुकले देशभर रहेका टाटामोटर्सका आधिकारिक शोरुममार्फत यस योजनाबाट लाभ लिन सक्ने कम्पनीले जनाएको छ।
माघ २३, २०८२ शुक्रबार १९:१८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।