केयूकेएल र एनसीएचएलबीच डिजिटल भुक्तानी सम्झौता

केयूकेएल र एनसीएचएलबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले भुक्तानी प्रक्रियालाई स्वचालित बनाउन नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग सम्झौता गरेको छ। 

माघ २३ गते आयोजित कार्यक्रममा केयूकेएलका कार्यकारी निर्देशक अशोककुमार पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौतापश्चात् केयूकेएलको आन्तरिक प्रणाली एनसीएचएलको 'नेशनल पेमेन्ट इन्टरफेस' (NPI) सँग जोडिएको छ। यसबाट संस्थाले तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोष लगायतका भुक्तानीहरू NCHL-IPS र RPS प्रणालीमार्फत सिधै बैंक खातामा गर्न सक्नेछ।

सेवा प्रवाहमा सुधार ल्याउन र बिलिङ तथा भुक्तानीलाई प्रविधिमैत्री बनाउन केयूकेएलले यो डिजिटाइजेशन प्रक्रिया थालनी गरेको जनाएको छ। हाल एनसीएचएलको प्रणालीमा ५३ बैंक वित्तीय संस्था र ११० भन्दा बढी गैर-बैंकिङ्ग निकायहरू आबद्ध छन्।

माघ २३, २०८२ शुक्रबार १८:०२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।