जेनजी आन्दोलनपछि बन्द भएको कोटेश्वर भाटभटेनी शनिबारबाट पुन: सञ्चालनमा आउने
काठमाडौं : जेनजी आन्दोलनका क्रममा क्षति पुगेर लामो समयदेखि बन्द रहेको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट माघ २४ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आगजनी र लुटपाट गरेपछि कोटेश्वरको यो शाखा पूर्ण रूपमा बन्द भएको थियो।
पाँच महिनापछि मर्मत सम्भार र आवश्यक तयारी पूरा गरी शनिबारदेखि ग्राहकका लागि खुला गर्न लागेको भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोकजंग जोशीले जानकारी दिए।
‘हाम्रो कोटेश्वर भाटभटेनी सुपरमार्केट भोलि माघ २४ गते शनिबारदेखि सञ्चालनमा आउँदैछ,’ उनले भने, ‘यस अवसरमा यहाँहरूको उपस्थितिले हामीलाई ठूलो उत्साह र मनोबल प्रदान गर्नेछ।’
भदौ २४ को सो आन्दोलनका क्रममा कोटेश्वर शाखामा ठूलो भौतिक क्षति हुनुका साथै सामानहरू लुटिएका थिए।
माघ २३, २०८२ शुक्रबार १४:३४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।