तोलामा नौ हजार ५ सयले घट्यो सुनको मूल्य

तोलामा नौ हजार ५ सयले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य ह्वात्तै घटेको हो।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण गरेको छ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम थियो। यसरी तुलना गर्दा आज सुनको मूल्य तोलामा एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको छ।

यस्तै, आज चाँदीको मूल्यमा पनि ठूलो गिरावट देखिएको छ। बुधबार प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार ८५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार २७० रुपैयाँ तोकेको जनाएको छ।

माघ २२, २०८२ बिहीबार ११:०५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।