सुन चोरीमा संलग्न अभियुक्तमाथि प्रहरीको गोली, ६५ तोला सुन बरामद

सुन चोरीमा संलग्न अभियुक्तमाथि प्रहरीको गोली, ६५ तोला सुन बरामद

काठमाडौँ : काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

प्रहरीले गए राति नागार्जुन नगरपालिका-६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो।

निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए। उनका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो।

अभियुक्तको खुट्टामा गोली लागेको छ। हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। एक जना प्रहरी समेत घाइते भएका छन्।

माघ २२, २०८२ बिहीबार १०:२९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।