वीरगञ्जबाट दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्जबाट दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज : चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन्।

ती सवारी साधनको आयातबाट रु चार अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा  रु तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको  पहिलो छ महिनामा रु ४५ करोड ८१ लाख बराबरका  चार हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन्।

गत आर्थिक वर्षको सोही अवधिमा रु २० करोड ७६ लाख बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए।

यसैगरी, चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु ५८ करोड १८ लाख बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा रु ३० करोड ९६ लाख बराबरका  दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए।

माघ २२, २०८२ बिहीबार ०८:५४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।