आकर्षक तलबको प्रलोभनमा पारेर शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ
सिरहा : वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका-७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका-११ का २२ वर्षीय प्रशान्त चौधरीलाई पक्राउ गरिएको हो।
अभियुक्तद्वयले कल्याणपुर नगरपालिका-७ का रिशकेशकुमार मरिकलाई भारतको गयामा आकर्षक काम लगाइदिने भन्दै प्रलोभनमा पारिएको थियो।
गत पुस २० गते त्यहाँ पुर्याएपछि मोबाइल र सर्टिफिकेटसमेत खोसी उनलाई एक होस्टलमा बन्धक बनाएको पीडितले बताएका थिए। पीडितलाई बन्धक बनाएर कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिँदै परिवारबाट फिरौती रकम असुल गरेको प्रहरीले जनाएको छ।
अभियुक्तहरूले पीडितको परिवारबाट दुई लाख १७ हजार दुई सय र मरिकको साथबाट ३० हजार भारु असुल गरेका थिए।
माघ २१, २०८२ बुधबार १२:११:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।