बुधबार २१ माघ, २०८२
एकैदिन तोलामा १४ हजार ४०० रूपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
मंगलबार प्रतितोला तीन हजार सात सय रूपैयाँ बढेको सुनको मूल्य आज तोलामा १४ हजार चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी बुधबार पाँच हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार यसको कारोबार पाँच हजार तीन सय ३५ रूपैयाँमा भएको थियो।
माघ २१, २०८२ बुधबार ११:२२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।