समानुपातिकमा तीन हजार एक सय ३५ उम्मेदवार कायम
काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।
तोकिएको समयमा राजनीतिक दलहरूले दिएको उम्मेदवारीको छानबिनबाट आयोगले अन्तिम उम्मेदवारी कायम गरेको हो। दलको आग्रह, उम्मेदवारको निवेदन र कानुनी रूपमा अयोग्यहरूलाई आयोगले सूचीबाट हटाएको थियो।
आयोगले मंगलबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन्।
प्रकाशित बन्द सूचीमा एक हजार ७७२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
माघ २०, २०८२ मंगलबार २३:१२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।