बारा-४ को चुनावी 'कोर्ट'मा बास्केटबलका 'स्टार' | मिसन पुस्तान्तरण- ३ : अजय कुश्वाहा | निर्वाचन २०८२
काठमाडौँ : पुराना शक्ति संरचनाहरू हल्लाउने गरी देशमा आएको 'जेनजी' लहर राजनीतिमा झुकाव राख्ने युवाहरूको लागि अवसर बन्यो। भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भएको जेनजी आन्दोलनको बीचबाटै राजनीतिमा पुस्तान्तरणको मुद्दा जोडबलका साथ उठेपछि दलहरूमा युवाहरूका लागि ढोका खुले।
परिणाम स्वरूप दलको केन्द्रीय समितिमा समेटिनेदेखि आगामी फागुन २१ हुने निर्वाचनमा टिकटसम्म युवाहरूले प्राप्त गरे। यसरी टिकट पाउनेहरू मध्येका एक हुन्, राष्ट्रिय बास्केटबल खेलाडी अजय कुश्वाहा।
उनलाई नेपाली कम्युनिष्ट पार्टीले बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनायो। पार्टीका नेतृत्वले नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा बोलाएर उनलाई टिकट दियो।
नेपाली कम्युनिष्ट पार्टीले उनीसहित ११ जना युवालाई चुनावी मैदानमा उतारेको छ। हातमा बास्केटबल बोकेर हिँड्ने २८ वर्षीय कुश्वाहा यति बेला जनताको मत माग्न बाराका गाउँ वस्तीमा पुगिरहेका छन्।
माघ २०, २०८२ मंगलबार १८:५६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।