अभिनेताद्वय अनुप र प्रदीपको रोजाइमा पर्यो 'दिपल एस ०७'

अभिनेताद्वय अनुप र प्रदीपको रोजाइमा पर्यो 'दिपल एस ०७'

काठमाडौं : चर्चित अभिनेताद्वय अनुपविक्रम शाही र प्रदीप खड्काले विद्युतीय सवारी साधन (इभी) 'दिपल एस०७' खरिद गरेका छन्। नेपालका लागि दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले हालै उनीहरूलाई गाडी हस्तान्तरण गर्यो।

अभिनेता खड्काले दिपल एस०७ को आधुनिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण आफूले यो गाडी रोजेको बताए। त्यसैगरी, अभिनेता शाहीले पनि यसको फिचर र लुक्सका कारण दिपल एस०७ खरिद गरेको कम्पनीले जनाएको छ।

दिपल एस०७ मा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन र आउटडोर स्पिकर जस्ता अत्याधुनिक विशेषताहरू रहेका छन्। विशिष्ट फिचर र इन्टेलिजेन्ट कनेक्टिभिटीका कारण एसयुभी नेपाली अटोमोबाइल बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ। 

दुई चर्चित कलाकारको रोजाइमा परेसँगै दिपलको ब्रान्ड भ्यालु थप मजबुत हुने कम्पनीको विश्वास छ। एक दर्जनभन्दा बढी इन्डस्ट्री फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि दिपल एस०७ परिचित छ। 

माघ २०, २०८२ मंगलबार १६:२१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।