सामसङ नेपालको होली अफर, वासिङ मेसिन र रेफ्रिजरेटरमा २३ प्रतिशतसम्म छुट
काठमाडौं : सामसङ नेपालले होलीको अवसरमा आफ्ना होम अप्लायन्सहरूमा आकर्षक छुट र एक्सचेन्ज अफर सहितको ‘होली अफर’ सार्वजनिक गरेको छ।
फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म लागू हुने यस योजना अन्तर्गत ग्राहकले वासिङ मेसिन र रेफ्रिजरेटरको खरिदमा विशेष सुविधाहरू पाउनेछन्।
अफरहरूमा वासिङमेसिन खरिदमा अधिकतम २३ प्रतिशत र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने भनेको कम्पनीले सामसङ इन्स्टाफाइनान्स मार्फत ० प्रतिशत ब्याजदरमा सजिलो ईएमआई सुविधा दिनेछ।
यसका अलावा पुराना उपकरणहरू साटेर नयाँ सामान लिन सकिने, वासिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी र दुवै उपकरणमा भोल्टेज फ्लक्चुएसनबाट सुरक्षाकोफ ग्यारेन्टी गरेको कम्पनीले सबै मोडेलका सामानहरूमा निःशुल्क जडानको सुविधा समेत दिएको छ।
वासिङ मेसिन अन्तर्गत ए-आइ इकोबबल वासर ड्रायरमा २३ प्रतिशत, फ्रन्ट लोडमा २० प्रतिशत र टप लोडमा १२ प्रतिशतसम्म छुट दिन लागेको कम्पनीले रेफ्रिजरेटर अन्तर्गत डबल डोरमा १७ प्रतिशत, ५ इन १ मा १६ प्रतिशत र साइड-बाई-साइडमा ११ प्रतिशतसम्म छुटको सुविधा ल्याएको छ।
यो अफर देशभरका सामसङका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध छ। थोरै लगानीमा गुणस्तरीय होम अप्लायन्स घर भित्र्याउन चाहनेका लागि यो राम्रो अवसर हुने कम्पनीले जनाएको छ।
माघ २०, २०८२ मंगलबार १२:५९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।