दुई दिन घटेको सुनको मूल्य तोलामा ३ हजार ७ सयले बढ्यो
काठमाडौं : केही दिनदेखि लगातार ओरालो लागिरहेको सुनको मूल्यमा मंगलबार भने ‘ब्रेक’ लागेको छ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको छ।
आजका लागि छापावाल सुनको मूल्य प्रति तोला २ लाख ९० हजार ३ सय रुपैयाँ तोकिएको छ। सोमबार यसको कारोबार २ लाख ८६ हजार ६ सय रुपैयाँमा भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। सोमबार ५ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन ४ हजार ६ सय ८७ अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
माघ २०, २०८२ मंगलबार ११:१९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।