देशभर आंशिक बदली, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

देशभर आंशिक बदली, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं : नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण अहिले देशभर आंशिक बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ।

गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही तराईका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ।

आज राति पनि हिमाली क्षेत्रमा मौसम बदली हुने र बाँकी पहाडी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ। राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराईमा हुस्सु/कुहिरो र हिमाली भेगमा हिमपातका कारण चिसो बढ्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

माघ २०, २०८२ मंगलबार ०७:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।