बानेश्वरको कात्यायनी चोकमा यसोदा फुड्सको ‘करेन्ट मार्ट’ सञ्चालनमा

बानेश्वरको कात्यायनी चोकमा यसोदा फुड्सको ‘करेन्ट मार्ट’ सञ्चालनमा

काठमाडौं : यसोदा फुड्सले काठमाडौंको बानेश्वरस्थित कात्यायनी चोकमा आफ्नो दोस्रो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ। 

आइतबार आयोजित एक कार्यक्रमका बीच कम्पनीका डाइरेक्टर मधुसूदन घिमिरे र नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा मार्टको उद्घाटन गरे।

भैरहवामा पहिलो आउटलेट सञ्चालन गरिरहेको कम्पनीले काठमाडौंका उपभोक्ताको मागलाई सम्बोधन गर्न नयाँ शाखा विस्तार गरेको जनाएको छ। मार्टमा यसोदा फुड्सद्वारा उत्पादित सबै भेराइटीका उत्पादनहरू एकै छानामुनि उपलब्ध हुनेछन्।

नयाँ आउटलेटमा करेन्ट ब्रान्डका नुडल्स, चिज बल्स, विभिन्न स्न्याक्स, पोट्याटो क्र्याकर्सका साथै करेन्ट गोल्ड चिया र विभिन्न प्रकारका मसलाहरू (जिरा, धनियाँ, खुर्सानी पाउडर आदि) उपलब्ध हुनेछन्।

उद्घाटनका क्रममा कम्पनीका चेयरम्यान चुन्नप्रसाद पौडेलले गुणस्तरीय उत्पादनहरू उपभोक्तामाझ सहज रूपमा पुर्याउन मार्टले सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसअघि अनामनगर र शंखमुलमा ‘करेन्ट पोइन्ट’ मार्फत सेवा दिँदै आएको कम्पनीले अब मार्ट मार्फत सम्पूर्ण प्याकेज्ड फुड उपलब्ध गराउने बताएको छ।

सन् २०१७ मा स्थापित यसोदा फुड्सले हाल नेपालका साथै विश्वका २२ भन्दा बढी देशमा आफ्ना उत्पादनहरू निर्यात गर्दै आएको छ।

माघ १९, २०८२ सोमबार १६:३८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।