टीभीएसको नयाँ योजना ‘सुनको सगुन’, दैनिक सुनको सिक्का र १ लाखसम्म नगद छुट

टीभीएसको नयाँ योजना ‘सुनको सगुन’, दैनिक सुनको सिक्का र १ लाखसम्म नगद छुट

काठमाडौं : टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ ग्राहक योजना ‘टीभीएससँग सुनको सगुन’ सार्वजनिक गरेको छ।

विवाह र चाडपर्वको लगनलाई लक्षित गर्दै कम्पनीले १८ माघदेखि ३ चैतसम्म (४५ दिन) लागू हुने गरी यो राष्ट्रव्यापी अफर ल्याएको हो।

यस योजना अन्तर्गत टीभीएसका कुनै पनि बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले सुनको सिक्का जित्ने अवसर, खरिदमा १ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, सबै मोडलमा ‘लाइफटाइम वारेन्टी’ पाउनेछन्।

यसका अलावा जुनसुकै ब्रान्डका पुराना सवारीसँग साट्न सकिने एक्सचेन्ज सुविधा र नागरिकता वा लाइसेन्सका आधारमा सहज फाइनान्स सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले यो अफर ग्राहकको जीवनका महत्त्वपूर्ण क्षणहरूमा दीर्घकालीन मूल्य र विश्वास जोड्ने उद्देश्यले ल्याइएको बताए।

यो अफर नेपालभरका सबै आधिकारिक टीभीएस शोरुमहरूमा उपलब्ध हुनेछ।

माघ १९, २०८२ सोमबार १२:३९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।