कजारियाको नयाँ विशेष शोरूम बनेपामा, मध्य नेपालमा सेवा विस्तार
बनेपा : प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले बनेपामा आफ्नो नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ।
मानुश्री हार्डवेयर एण्ड स्यानिटरीद्वारा सञ्चालित यो शोरूमको शनिबार औपचारिक उद्घाटन गरिएको हो।
मध्य नेपालमा आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यले खोलिएको यो शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत सङ्ग्रह उपलब्ध छ।
यहाँ आवासीय, व्यावसायिक तथा वास्तुकलासम्बन्धी विभिन्न आधुनिक डिजाइनका टायलहरू ग्राहकले सहज वातावरणमा अवलोकन र खरिद गर्न सक्नेछन्।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै देशको सबैभन्दा ठूलो टायल उद्योग स्थापना गरी ३,००० भन्दा बढी डिजाइनका उत्पादनहरू बजारमा ल्याएको छ।
हाल नेपालभर १०० भन्दा बढी शोरूम विस्तार गरिसकेको कजारियाका उत्पादनहरू पानी तथा दाग प्रतिरोधी, बलियो र टिकाउ मानिन्छन्। यसमा ग्लेज्ड भिट्रिफाइड, हेभी ड्युटी तथा सेरामिक वाल टायलहरू विभिन्न साइजमा उपलब्ध छन्।
यो नयाँ शोरूमले बनेपा र आसपासका क्षेत्रका ग्राहकलाई विश्वस्तरीय टायल समाधान प्रदान गर्दै नेपालको निर्माण तथा आन्तरिक सजावट उद्योगमा कजारियाको भूमिकालाई अझ बलियो बनाउने विश्वास कम्पनीले लिएको छ।
माघ १९, २०८२ सोमबार ०९:३०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।