पाकिस्तानले भारतविरुद्धको खेल बहिस्कार गर्ने

पाकिस्तानले भारतविरुद्धको खेल बहिस्कार गर्ने

एजेन्सी : केही दिनपछि सुरू हुने टी-२० विश्वकप अन्तर्गत पाकिस्तानले भारत विरुद्धको खेल बहिस्कार गर्ने भएको छ।

पाकिस्तान सरकारको आधिकारिक एक्स खातामार्फत जारी गरिएको जानकारी अनुसार, सरकारले पाकिस्तानी क्रिकेट टोलीलाई प्रतियोगिताका लागि श्रीलंका जान अनुमति दिएको छ।

तर, फेब्रुअरी १५, २०२६ मा भारतसँग हुने तय भएको खेलमा भने पाकिस्तानी टोली मैदानमा नउत्रने घोषणा गरिएको छ। सरकारले यो निर्णय लिनुको कारण भने खुलाएको छैन।

पाकिस्तान विश्वकपको समूह ‘ए’ मा रहेको छ, जसमा भारत, नामिबिया, नेदरल्यान्ड्स र अमेरिका पनि समावेश छन्।

भारत र श्रीलंका सह-आयोजक रहेको यस विश्वकपमा पाकिस्तानले आफ्ना सबै खेलहरू श्रीलंकामा खेल्नेछ।

योसँगै पाकिस्तानले फेब्रुअरी ७ मा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ भने फेब्रुअरी १० मा अमेरिका र फेब्रुअरी १८ मा नामिबिया विरुद्ध खेल्नेछ।

नियम अनुसार, यदि पाकिस्तानले भारत विरुद्धको खेल बहिस्कार गरेमा उसले उक्त खेलको २ अंक गुमाउनेछ।

माघ १८, २०८२ आइतबार २१:४४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।