भारतले नेपाललाई १२ अर्ब ८० करोड आर्थिक सहयोग दिने

भारतले नेपाललाई १२ अर्ब ८० करोड आर्थिक सहयोग दिने

काठमाडौं : भारत सरकारले आर्थिक वर्ष २०२६/०२७ का लागि नेपाललाई १२ अर्ब ८० करोड रूपैयाँ (भारतीय ८ अर्ब रूपैयाँ) आर्थिक सहयोग दिने भएकाे छ। 

आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसदमा प्रस्तुत गरेको संघीय बजेटमा नेपालका लागि आर्थिक सहयोग छुट्याइएको हो।

आर्थिक वर्ष २०२५–२६ का लागि भारतले नेपाललाई करिब ८.१२ सय करोड भारु आर्थिक सहायता विनियोजन गरेको थियो । भारतले नेपालमा सञ्चालित विभिन्न विकास निर्माण र पूर्वाधारका आयोजनाहरूमा यो रकम खर्च गर्दै आएको छ।

वित्तमन्त्री निर्मला सीतारमणले आइतबार संसदमा ३६.५० लाख करोड अनुमानित बजेट पेस गरेकी थिइन्।

 

माघ १८, २०८२ आइतबार १६:४२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।