प्राइम टायल्सले पायो नेपाल गुणस्तर प्रमाणपत्र
काठमाडौं : प्राइम टायल्सले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।
यो सँगै प्राइम टायल्स नेपालमा ‘वाल’ र ‘फ्लोर’ टायल क्षेत्रमा एनएस प्रमाणपत्र पाउने पहिलो र एकमात्र कम्पनी बनेको छ।
यस प्रमाणपत्रले प्राइम टायल्सका उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार सुरक्षित, टिकाउ र गुणस्तरीय रहेको पुष्टि गरेको कम्पनीले जनाएको छ।
सन् २०२१ मा स्थापना भएको प्राइम सेरामिक्स प्राइभेट लिमिटेडले रौतहटको बृन्दावनमा रहेको उद्योगबाट वार्षिक ४० लाख वर्ग मिटर टायल उत्पादन गर्दै आएको छ।
३ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको र सीएमएस तथा फर्च्युन भेन्चर्सद्वारा प्रवर्द्धित यो उद्योगले देशभर १२० भन्दा बढी डिलरमार्फत आफ्ना उत्पादन बिक्री वितरण गरिरहेको छ।
माघ १६, २०८२ शुक्रबार १०:१२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।