व्यवहारिक घोषणा पत्र ल्याउने एमाले अध्यक्ष ओलीको दाबी

व्यवहारिक घोषणा पत्र ल्याउने एमाले अध्यक्ष ओलीको दाबी

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपलब्धि हासिल गर्न पाँच वर्षमा गर्नसक्ने कार्यक्रमहरूसहितको घोषणापत्र ल्याउने बताए। ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार प्रतिनिधिसभा सदस्यको निर्वाचनको घोषणा पत्रका लागि विज्ञहरूसँग सुझावका लागि छलफल गर्दै ओलीले जनताको व्यावहारिक पक्षलाई समेटेर घोषणा पत्र तयार गरिरहेको बताएका हुन्।

एमालेले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नागरिकको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्र तयारी गरिरहेको उनले बताए।

एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल तथा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको घोषणा पत्र लेखन समिति बनाएको छ।

माघ १५, २०८२ बिहीबार १८:३४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।