जमलमा ५ सवारी साधन आपसमा ठोक्किँदा ४ घाइते
काठमाडौं : काठमाडौं महानगरपालिका-२७ स्थित जमलमा मंगलबार भएको सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन्।
जमलस्थित एल्लो प्यागोडा होटल नजिकैको सडक खण्डमा पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा परी बा प्र ०२-०५६ प ३९६७ इभी स्कुटर चालक काठमाडौं सरस्वतीनगर बस्ने ४० वर्षीय विजय श्रेष्ठ, बा प्र ०२-०३१ प ३०७९ मोटरसाइकल चालक काठमाडौं बस्ने २६ वर्षीय विनोद प्रधान, पछाडि सवार यात्री रुकुम मुसिकोट घर भई हाल भक्तपुर ठिमी बस्ने ३६ वर्षीया सुनिता वली, बा३५प ९१४४ मोटरसाइकल चालक काठमाडौं बुढानीलकण्ठ बस्ने २८ वर्षीय ललितजङ्ग सञ्जेल, पछाडि सवार सिन्धुली मरिङ गाउँपालिका-७ की ३१ वर्षीया इशु तामाङ घाइते भएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइतेमध्ये एक जनाको ट्रमा सेन्टर र बाँकी तीन जनालाई ग्राण्डी सिटी अस्पतालमा उपचारका लागि पठाइएको थियो।
मंगलबार जमलको एल्लो प्यागोडास्थित सडक खण्डमा केशरमहलदेखि जमलतर्फ जाँदै गरेका बा प्र ०१-०२८ च ४५१२ नम्बरको कुरियर डेलिभरी भ्यान, बा प्र ०२-०५६ प ३९६७ नम्बरको इभी स्कुटर र सोही विपरीत दिशातर्फ जाँदै गरेका बा३५प ९१४४ मोटरसाइकल, बा प्र ०२-०३१ प ३०७९ नम्बरको मोटरसाइकल र बा.प्र.०१-००४ क ५३८१ नम्बरको निजी इभी हाइस आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। -रासस
माघ १३, २०८२ मंगलबार २१:१२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।