बालेन्द्रलाई स्वागत गर्न गएका पाँच समर्थक गाडीबाट खसेर घाइते भए

बालेन्द्रलाई स्वागत गर्न गएका पाँच समर्थक गाडीबाट खसेर घाइते भए

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको समर्थनमा गएका समर्थकहरू बाँकेको नेपालगन्जमा रहेको राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खस्दा पाँच जना घाइते भएका छन्। बालेन्द्र सोमबार काठमाडौंबाट नेपालगन्ज जाने भएसँगै उनलाई स्वागत गर्न समर्थकहरू विमानस्थल पुगेका थिए। 

गाडीमा चढेका केही समर्थक गाडीको पछाडिको ढालाबाट खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए। उनका अनुसार पाँच जना समर्थक गाडीबाट सडकमा खसेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र पार्टीको उम्मेदवारको पक्षमा प्रचारका लागि नेपालगञ्ज पुगेका थिए। उनी बर्दीया पुगेका छन्।

माघ १२, २०८२ सोमबार १७:५८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।