१० दिनमा ‘भाइरल गोर्खे’ र ‘मिर्मिरे’को व्यापार लाखमै सीमित, ‘गोबर गणेश’ करोड क्लबमा

१० दिनमा ‘भाइरल गोर्खे’ र ‘मिर्मिरे’को व्यापार लाखमै सीमित, ‘गोबर गणेश’ करोड क्लबमा

काठमाडौं : चलचित्र विकास बोर्डले माघ १० गते शनिबार रातिसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक आधिकारिक तथ्यांक अनुसार माघ १ गतेबाट प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘गोबर गणेश’ले सबैभन्दा बढी व्यापार गरेको छ।

बोर्डको ‘सिनेपा’ बक्स अफिस प्रणालीका अनुसार फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको १० दिनमा १ करोड माथिको ग्रस कलेक्सन गर्न सफल भएको छ।

यस अवधिमा फिल्मका ४० हजार २३४ वटा टिकट बिक्री हुँदा कुल आम्दानी १ करोड १४ लाख ३५ हजार २०६ रुपैयाँ भएको छ। दर्शकको साथ पाएको यस फिल्मले अन्य समकालीन रिलिजलाई पछि पारेको देखिन्छ।

त्यस्तै, माघ १ गते नै रिलिज भएको अर्को फिल्म ‘भाइरल गोर्खे’ले पनि ३० लाख माथिको व्यापार गरेको छ। यस फिल्मले १० हजार ६०५ टिकट बिक्री गर्दै ३४ लाख ५३ हजार ७६० रुपैयाँ ग्रस कलेक्सन गरेको तथ्यांकमा उल्लेख छ।

सोही मितिमा प्रदर्शनमा आएको फिल्म ‘मिर्मिरे’ को व्यापार पनि ‘भाइरल गोर्खे’ सँग प्रतिस्पर्धात्मक देखिएको छ। ‘मिर्मिरे’ ले १० हजार ८१३ वटा टिकट बिक्री गरेर ३३ लाख ७२ हजार ७१५ रुपैयाँ कमाएको छ।

यी तीनवटै फिल्म एकसाथ प्रदर्शनमा आए पनि व्यापारिक हिसाबले ‘गोबर गणेश’ ले ठूलो अन्तरले अग्रता लिएको देखिन्छ।

माघ १२, २०८२ सोमबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।