सुनको मूल्यले रच्यो नयाँ इतिहास : तोलाको ३ लाख ९ हजार पुग्यो, एकै दिन ५ हजार २०० बढ्यो

सुनको मूल्यले रच्यो नयाँ इतिहास : तोलाको ३ लाख ९ हजार पुग्यो, एकै दिन ५ हजार २०० बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको हो।

महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन, आज एकै दिन ५ हजार २०० रुपैयाँले बढेको हो। यो मूल्य हालसम्मकै उच्च हो।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६४ हजार ९२० रुपैयाँ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धि, अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढाव तथा विश्वव्यापी भू–राजनीतिक अस्थिरताका कारण नेपाली बजारमा पनि सुनको भाउ आकासिएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। आइतबार प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ रहेको चाँदी, आज बढेर ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ। यस्तै, १० ग्राम चाँदीको मूल्य ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ।

माघ १२, २०८२ सोमबार ११:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।