भावी तीन प्रधानमन्त्रीको शैक्षिक योग्यता, गगन-बालेनको स्नातकोत्तर हुँदा ओलीको रित्तो

भावी तीन प्रधानमन्त्रीको शैक्षिक योग्यता, गगन-बालेनको स्नातकोत्तर हुँदा ओलीको रित्तो

काठमाडौं : तीन दलले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका तीन नेतामध्ये गगन थापा र बालेन्द्र शाहको शैक्षिक योग्यता स्नातकोत्तर छ, केपी ओलीको भने रित्तो छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा नेपाली कांग्रेसबाट भावी प्रधानमन्त्रीमा प्रस्ताव गरिएका गगनको शैक्षिक योग्यता एमए उल्लेख छ। उनी कांग्रेसका सभापति पनि हुन्।

कांग्रेसको केन्द्रीय समितिको बैठकले उनलाई फागुन २१ पछिको प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शैक्षिक योग्यतामा बिटियू उल्लेख छ। यस अगाडि नै उनले भारतको विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेको सार्वजनिक भएको थियो। उनी काठमाडौँ विश्वविद्यालयमा पिएचडीका लागि भर्ना भएका थिए।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको रूपमा मेयरमा निर्वाचित भएका उनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारसहित पार्टी प्रवेश गराएको थियो। उनले मेयर पदबाट राजीनामा दिएर झापा ५ मा उम्मेदवार बनेका छन्।

झापा ५ बाटै उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीको शैक्षिक योग्यताबारे निर्वाचन आयोगमा कुनै विवरण उल्लेख छैन। उनले एसएलसी समेत उत्तीर्ण नगरेको यस अगाडि नै सार्वजनिक भएको थियो। उनले स्व:अध्ययन गरेका हुन्।

माघ ११, २०८२ आइतबार २१:०१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।