साइबर ब्युरोलाई गृहमन्त्रीको निर्देशन : सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन

साइबर ब्युरोलाई गृहमन्त्रीको निर्देशन : सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कारबाही गर्न आदेश कुर्नु पर्दैन

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित बनाउन सञ्जालमा हुनसक्ने तथ्यहीन र भ्रामक समाचार र जानकारीहरूलाई सूक्ष्म ढंगले अनुगमन गर्न निर्देशन दिए।

आइतबार नेपाल प्रहरीको साइबर ब्युरो पुगेका उनले अवैधानिक र दर्ता बिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूको नियमनका लागि खेल्नु पर्ने भूमिका महत्त्वपूर्ण हुने बताए। 

ब्युरो निर्वाचनको समय अझै बढी सक्रिय भई स्वचालित रूपमा कार्यालय आफै सक्रिय भएर सामाजिक सञ्जालमा राखिने र छरिने भ्रमहरूलाई माथिको आदेश कुर्नु नपर्ने र अवैधानिक पोस्ट तथा मिथ्या जानकारीहरूलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन अर्यालले निर्देशन दिए।

सामाजिक सद्भाव खलल पुर्याउने काममा सामाजिक सञ्जालको दुरुपयोग हुन नदिई फागुन २१ गतेको निर्वाचनको माहौल बनाई राख्न मन्त्री अर्यालले निर्देशन दिए।

कतिपय व्यक्ति, संस्था र समूहले सामाजिक सञ्जालमा राख्ने पोस्ट कत्तिको तथ्यपरक र सही हुन् भन्ने विश्लेषण गरेर ब्युरो आफैले त्यस्ता पोस्ट र जानकारी हाल्ने जो कोहीलाई कानुनी दायरामा ल्याएर। कारबाही गर्न समेत उनले निर्देशन दिए।

माघ ११, २०८२ आइतबार १५:४७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।