सुनमा नयाँ कीर्तिमान : २४ सयले बढ्यो मूल्य

सुनमा नयाँ कीर्तिमान : २४ सयले बढ्यो मूल्य

काठमाडौं : स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। शुक्रबारको तुलनामा आइतबार प्रतितोला सुन दुई हजार ४०० र चाँदी दुई सय ९० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल छ हजार ४८० कायम भएको छ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल छ हजार १९० कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

माघ ११, २०८२ आइतबार ११:२०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।