सरकारले विमानस्थलमा सुन तस्करीलाई जस्तो दुख दिएको ओलीको आरोप

सरकारले विमानस्थलमा सुन तस्करीलाई जस्तो दुख दिएको ओलीको आरोप

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाबाट काठमाडौं आउनेक्रममा सरकारले आफूलाई दुःख दिने काम गरिरहेको आरोप लगाए।

शुक्रबार झापाबाट काठमाडौं फर्कनेक्रममा विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो व्यवहार गरेको ओलीले आरोप लगाए।

ओली झापा-५ मा उम्मेदवारी दर्ता गर्न झापा गएका थिए। उनी शुक्रबार काठमाडौं फर्किएका थिए। शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले झापा जाँदा राम्रै व्यवहार भएको तर शुक्रबार झापाबाट आउँदा आफूमाथि एयरपोर्टमा अपमानित व्यवहार भएको बताए।

"अस्ति म यताबाट झापा जाँदा एयरपोर्टमा राम्रै व्यवहार गरेको थियो। हिजो फर्केर आउँदा सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, हैरान पारेको छ," उनले भने।

उनले सरकारको दृष्टिकोण र मति नेताहरूको अपमान गर्ने रहेको र त्यो शुक्रबार देखाएको बताए। उनले देशलाई सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएको बताए।
 

माघ १०, २०८२ शनिबार १७:४६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।