लेखक तथा नागरिक अभियन्ता युग पाठक ‘नेपाली कम्युनिस्ट पार्टी’ प्रवेश

लेखक तथा नागरिक अभियन्ता युग पाठक ‘नेपाली कम्युनिस्ट पार्टी’ प्रवेश

काठमाडौं : लेखक, विश्लेषक तथा नागरिक अभियन्ता युग पाठक प्रचण्ड नेतृत्वको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा प्रवेश गरेका छन्। उनलाई बिहान पार्टीका शीर्ष नेताहरूले औपचारिक रूपमा पार्टीमा समाहित गराएका हुन्।

पाठकलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा नेताद्वय रञ्जिता श्रेष्ठ र पम्फा भुसालले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।

आफूलाई नागरिक अभियन्ताका रूपमा चिनाउँदै आएका पाठकले लामो समयदेखि विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरूमा लेख तथा विचारहरू लेख्दै आएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले साना दल र विभिन्न अभियानहरूलाई एक ठाउँमा ल्याउने रणनीति लिएको छ।

यसै क्रममा अहिलेसम्म तीन दर्जनभन्दा बढी साना दल तथा अभियानहरूलाई पार्टीमा गाभिसकिएको छ। यद्यपि, पार्टीले संख्यात्मक रूपमा धेरै समूहलाई भित्र्याए पनि तिनका कार्यकर्ता र समर्थकहरूको उपस्थिति ग्राउन्ड लेभलमा भने नगन्य छ।

माघ १०, २०८२ शनिबार १०:४३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।