महिन्द्रा केयरफेस्ट २०८२ सुरु : बम्परमा इलेक्ट्रिक स्कुटर जित्ने मौका

महिन्द्रा केयरफेस्ट २०८२ सुरु : बम्परमा इलेक्ट्रिक स्कुटर जित्ने मौका

काठमाडौं : अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स प्रालिले ‘महिन्द्रा केयरफेस्ट २०८२ : सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ योजना सुरु गरेको छ।

यो क्याम्प माघ ९ गतेदेखि १४ गतेसम्म देशभरका ५३ भन्दा बढी आधिकारिक सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ।

क्याम्प अवधिभर महिन्द्राका गाडीहरूको सर्भिसिङमा ४५ पोइन्ट चेकअप, जनरल लेबर चार्ज र कम्प्युटराइज्ड डाइग्नोसिस निःशुल्क गरिएको छ।

साथै, ह्विल अलाइन्मेन्ट र जेनुइन एक्सेसरीजमा ५० प्रतिशतसम्म, एसी चार्जिङमा २० प्रतिशत तथा स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

ग्राहकहरूको निःशुल्क स्वास्थ्य जाँचसमेत गरिने यस क्याम्पको मुख्य आकर्षणका रूपमा एक जना भाग्यशाली विजेताले लक्की ड्रमार्फत ‘बिगस सि १२ इलेक्ट्रिक स्कुटर’ जित्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकले ‘महिन्द्रा एम-ट्र्याक एप’ वा टोल-फ्री नम्बरमार्फत सर्भिस बुकिङ गर्न सक्नेछन्।

माघ १०, २०८२ शनिबार ०९:४८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।