टी-२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न पाउने टीसीएल की तेस्रो विजेता प्रीति ओली
काठमाडौं : इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल ले ‘नेपालको शान, मुम्बईको मैदान’ योजना अन्तर्गत तेस्रो चरणको विजेता सार्वजनिक गरेको छ। तुलसीपुरकी प्रीति ओली यस चरणको विजेता बनेकी छन्।
गौरव सप्लायर्सबाट वासिङ मेसिन खरिद गरी सहभागी भएकी ओलीले अब मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको टी-२० विश्वकप खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछिन्।
उनको ४ रात ५ दिनको मुम्बई बसाइ, हवाई टिकट र म्याच टिकटसहितको सम्पूर्ण खर्च कम्पनीले बेहोर्नेछ।
यो योजना अझै जारी रहेको र सहभागी बन्ने अवसर बाँकी नै रहेको कम्पनीले जनाएको छ।
साथै, टीसीएल ले एसी खरिदमा निःशुल्क जडान तथा टिभी खरिदमा नेटटीभीको ९ महिनाको सब्स्क्रिप्सन जस्ता अफरहरू पनि उपलब्ध गराएको छ।
माघ १०, २०८२ शनिबार ०९:१६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।